ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि नेपाल टेलिकमद्वारा ओखलढुंगामा निर्माण थालिएका ८ वटा बीटीएस टावर अलपत्र परेका छन् । ठेकेदार कम्पनी काम छाडेर भागेपछि ग्लोबल टेण्डर आह्वान गरेर निर्माण थालिएका टावर अलपत्र परेका हुन् ।
६ महिनाभित्र सक्ने गरेर नेपाल टेलिकमले तीन वर्षअघि ग्लोबल टेण्डरमार्फत भारतको एस्टर इण्डिया कम्पनीलाई देशैभरका ६१ वटा बीटीएस टावर निर्माण गर्ने जिम्मा दिएको थियो । तर ठेकेदार कम्पनी टावर निर्माण गर्ने क्रममै सम्पर्कविहीन भएपछि धेरैजसो टावर निर्माणको काम अलपत्र भयो । यसैक्रममा ओखलढुंगाका बलखु, पलापु, कटुञ्जे, फूलबारी, पोकली, खिजीफलाटे, उबू र दियालेमा बीटीएस टावर निर्माण गर्ने काम समेत रोकियो ।
र्माणाधीन टावर सञ्चालन गर्न दुई वर्ष अघि नै ४ ठाउँमा सोलार सिस्टम जडानको जिम्मा पाएको आइबीएन कम्पनीले भने आफ्नो जिम्मेवारी समयमै पुरा ग¥यो । अहिले टावर निर्माण गर्ने फिल्डमा जडान गरिएको सोलार सिस्टम खिया लाग्न थालिसकेको छ । तर टावर निर्माणको काम अझै अत्तोपत्तो नभएको सुनकोसी गाउँपालिका १, बलखुका वडा सदस्य सहदेव गिरीले दुखेसो पोखे ।
दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउन निर्माण थालिएका टावर नबन्दा यहाँका नागरिकहरु सास्ती खेप्न बाध्य छन् । बीटीएस टावर निर्माणका लागि नागरिकहरु जिल्लास्थित दूरसञ्चार कार्यालयमा हार गुहार गर्न पुगेपनि यो कार्यालय केन्द्रीय र क्षेत्रीय कार्यालयलाई जिम्मेवार देखाउँदै पन्छिँदै आएको छ । टावर निर्माणका लागि हालै विभिन्न चरणमा ठेकेदार कम्पनीसँग छलफल चलेको नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयले जनाएको छ । तर यही मितिमा टावर निर्माण सम्पन्न भएर सेवा सुचारु हुन्छ भन्ने कुरा सो कार्यालयले ठोकुवा गर्न सकेको छैन ।