ओखलढुंगा, २१ असोज । खोटाङको दिखुवा खोलामा फाइबर केबल चुँडिँदा ओखलढुंगा क्षेत्रमा नेपाल टेलिकमको मोबाइल फोन प्रभावित भएको छ । हिजो बुधबार विहानदेखि नै जिल्लामा मोबाइल नेटवर्क प्रभावित भएको हो ।
मोबाइल नेटवर्कसँगै मोबाइल इन्टरनेट समेत चलेको छैन । विद्युत प्रशारण लाइन मर्मतका क्रममा फाइबर तार चुँडिएकाले सेवा प्रभावित भएको नेपाल टेलिकम कार्यालय ओखलढुंगाले जनाएको छ ।
फाइबर तार चुँडिएपछि बैकल्पिक विधि अपनाएर टेलिकमले सेवा सुचारू गर्ने प्रयास गरे पनि त्यसले प्रभावकारी काम गरेको छैन । फाइबर केबल चुँडिएको खबर पाएलगत्तै प्राविधिक टोली त्यस क्षेत्रमा खटाइसकिएको टेलिकम कार्यालयले जनाएको छ । आज बेलीकीसम्म सेवा पूर्ण रुपमा सुचारू गर्ने टेलिकमको तयारी छ ।