ओखलढुंगा । एक वर्ष अवधिमा जिल्लामा सीसीटीभी जडान अनुमति लिनेको संख्या १७ पुगेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको माघ महिनाको प्रतिवेदन अनुसार २०७८ माघदेखि गएको माघसम्ममा उक्त संख्याले जडान अनुमति लिएका हुन् ।
सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ ले सीसीटीभी जडान गर्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । तर जिल्लामा अनुमतिविनै सीसीटीभी जडान गर्ने परिपाटी पनि बढिरहेको छ ।