ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, भदौ १५ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं ५ ले अनलाइन घटना दर्ता सुरु गरेको छ । प्रविधिको विकाससँगै कार्यालयबाट दिइने सेवा सुविधाहरुलाई प्रविधीमैत्री बनाउने लक्ष्यका साथ वडा कार्यालयले अनलाइन घटना दर्ता सुरु गरेको हो ।
अनलाइन घटना दर्तासँगै जन्म, मृत्यु, बसाइ सराई, विवाह दर्ता लगायतका घटना अनलाइनमार्फत दर्ता गर्न सकिने छ । इन्टरनेटको विस्तासँगै अरु वडा कार्यालयबाट पनि अनलाइनमा घटना दर्ता गरिने मानेभञ्ज्याङ गाउँपालिकाले जनाएको छ ।