ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । विश्वभरी महामारी फैलिएको कोरोनाले अनेकौ बाध्यात्मक अवस्था सिर्जना गरेको छ । यस्तै यहाँको मोलुङ गाउँपालिका १ कुन्तादेवीमा भने सडक नै थुनिएको छ । कोरोनाको त्रासका कारण यहाँका स्थानीय युवाहरुले बरबोट-मान्द्रेदोभान सडकखण्डको जिरोप्वइन्टस्थित सडकमा बाँसको भाटाले बार लगाइदिएका छन् ।
गाउँमा कोरोना सर्ने त्रास भएका कारण सडक बन्द गर्नुपरेको मोलुङ १ का स्थानीय सञ्जय खत्रीले बताए । युवाहरुले अत्यावश्यक सवारी छिर्नेगरी सडकमा बार बारेका छन् ।
लकडाउन अबज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम नरोकिएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको अर्का स्थानीय युवा कमल बानियाँले बताए । 'हामी अब कुनैपनि हालतमा गाउँ प्रवेश गर्न दिँदैनौँ,' बानियाँले भने, 'अत्यावश्यक विरामी, मरिमराउ र पास लिएकालाई भने कुनै रोकावट हुँदैन ।'
उनीहरुले सडक बारेर बारमै ठूलो अक्षरमा आफू बचौँ र अरुलाई बचाऔ भनेर ड्रुइङपेपरमा लेखेका सूचना टाँसेका छन् । जसमा प्रवेश निषेध गरिएको र प्रवेश गरे सवारीको चाबी खोसेर प्रशासनको जिम्मा लगाइने चेतावनी लेखिएको छ । सो सडकहुँदै कुन्तादेवीको बुङनाम, ढकालगाउँ, बोगटीगाउँ, पसलडाँडा, वितलपलगायतका गाउँमा पुग्न सकिन्छ ।