ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लामा पछिल्लोपटक संक्रमण पुष्टि भएका २६ वर्षीय युवकको क्वारेन्टाइनमै उपचार थालिएको छ । ओखलढुंगा क्याम्पसको क्वारेन्टाइमै राखेर उनलाई उपचार थालिएको हो ।
उनी सोही क्वारेन्टाइनमा रहँदा संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा अन्य व्यक्तिहरुको चाप नरहेकाले त्यही राखेर उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीले बताए ।
संक्रमित युवकलाई क्वारेन्टाइनमा एक हप्ता राखेपछि स्वाब परीक्षण गरिने बताइएको छ ।