ओखलढुंगा, साउन २० । ओखलढुंगाको दक्षिण र पश्चिमी आकाशमा आज साँझ ७ बजेदेखि बिजुली चम्केजस्तो प्रकाश देखिइरहेको छ । उक्त प्रकाश निरन्तर चम्किरहेको छ । प्रकाशसँगै कुनै गड्याङगुडुङको आवाज छैन ।
प्रकाश सदरमुकाम र आसपासका क्षेत्रबाट देखिएको छ । आकाशमा अचम्मको प्रकाश देखिएको स्थानीय खुरहरि दाहालले बताए ।
आवाजविनाको प्रकाश चट्याङकै हो : जल तथा मौसम विज्ञान विभाग
यसैबीच जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आवाजविनाको प्रकाश चट्याङको भएको जनाएको छ । नेपालको प्रदेश २ र भारतीय सीमा आसपास चट्याङसहितको वर्षा भएकाले यस्तो भएको महाशाखाको दाबी छ ।
चट्याङ भएको स्थानबाट धेरैटाढा आवाज नपुग्ने तर विजुली चम्केको देख्न सकिने बताइएको छ ।
भिडियो हेर्नुहोस्