कृष्णराम श्रेष्ठ, ओखलढुंगा
२५ रुपैयाँ प्रति लिटर पानी पिउनुको मजबुरीलाई नेपाल सरकारले आमनेपालीको क्रयशक्ति वृद्धि भएको भन्दै गर्व गर्नु शतप्रतिशत् भ्रम हो । कारण: नेपाल संसारकै जलस्रोतका धनी राष्ट्र हो । तर बिडम्बना,नेपाल सरकार शुद्ध पिउने पानी ब्यवस्था गर्न सक्दैन । त्यसैले सित्तैमा पाउनु पर्ने पिउने पानी, प्रती लितर २५ रुपैयाँ तिरी पिउन बाध्य छौं । यस्तो बाध्यतालाई बुझेर पनि नेपाल सरकार बुझ पचाइ गर्व गरिरहेको छ । अनि हामी चुपचाप मौन धारण गर्दै आफ्नो दायित्व निभाउछौँ ।