सुनकोशी गाउँपालिकाका अध्यक्षज्यू,
हामीले तपाईँलाई भोट दिएर प्रमुख पदमा जितायौँ । अब हामीलाई तपाईँको सहयोगको खाँचो छ । अहिलेको कोरोना भाइरको त्रासका कारण हामी परदेशबाट गाउँ फर्कन चाहन्छौँ । गाउँमै केही गर्न चाहन्छौँ । हामीलाई तपाईँले परदेशबाट गाउँ फर्काउन पहल गर्नु पर्यो ।
म अहिले साउदी अरेबियाको जिजान शहरको एक कम्पनीमा छु । म यहाँ सुरक्षित महसुश गरिरहेको छैन । म काम गर्ने कम्पनीमा सुनकोशी गाउँपालिकाका ६/७ जना युवाहरु काम गर्छौँ । यहाँबाट हामीलाई गाउँ फर्काउने विकल्प तपाईँको हातमा छ ।
हामी गाउँ आएपछि नेपाल सरकारले तोकेको नियम पालना गर्ने प्रतिबद्धता गर्छौँ । हामी नेपाल आएपछि १ महिना क्वारेन्टाइनमा बस्न परे पनि तयार छौँ । त्यसैले अध्यक्षज्यू हामी गाउँ आउन चाहन्छौँ ।
सुनकोशी गाउँपालिका ५, ओखलढुंगा
हाल : साउदी अरेबिया, जिजान शहर
फोन : 00966583352179