ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, असोज २० । स्थानीय तहहरुमा बजार अनुगमन नभएको गुनासो बढिरहेको बेला जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले स्थानीय तहबाटै बजार अनगमन गर्न पत्राचार गरेको छ । स्थानीय तहमा बजार अनुगमन नभएको विषयमा सरोकारवालाहरुको समेत चासो भएको र प्रशासन कार्यालयले हालै सञ्चालनमा ल्याएको गुनासो सुनुवाई केन्द्रमा समेत गुनासो आएकाले प्रशासन कार्यालयले स्थानीय तहलाई पत्राचार गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ञ) मा स्थानीय वस्तु तथा सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्नेलगायतका उपभोक्ता हित संरक्षण गर्ने कार्य सम्बन्धी कार्य स्थानीय तहको हुने व्यवस्था रहेको छ । यस्तै उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा २८ अनुसार उपभोक्ता अधिकार संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा बजारको स्थलगत सुपरीवेक्षण तथा अनुगमन गर्नका लागि सम्बन्धित स्थानीय तहले स्थानीय बजार अनुगमन समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही प्रावधानलाई टेकेर प्रशासन कार्यालयले स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको बजार अनुगमन लगायत समग्र उपभोक्ता हित संरक्षण कार्यका लागि बजार सुपरीवेक्षण तथा अनुगमन कार्य स्थानीय तहबाटै प्रभावकारी रुपमा गराउन अनुरोध गरेको हो ।
प्रशासनले दसैँ, तिहार, छठलगायतका चाडपर्वहरु नजिकिँदै गएको सन्दर्भमा वस्तु तथा सेवाको बिक्रि वितरणमा उपभोक्ता हित विपरितका गतिविधिहरु हुनसक्ने सम्भावना भएकाले त्यसतर्फसमेत विशेष ध्यान दिन स्थानीय तहहरुसँग अनुरोध गरेको छ ।