ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, पौष ८ गते । जनता समाजवादी पार्टी ओखलढुंगाले बुधबार जिल्ला सदरमुकाममा ओखलढुंगा बजारमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले संविधान विपरित चालेको कदमका बिरुद्ध सजपा ओखलढुंगाले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेकाे हो ।
समाजवादी पार्टी ओखलढुंगाको मंगलबार बसेको जिल्ला समितिको बैठकको निर्णय अनुसार पौष ५ गतेको संविधान विपरित कदमका विरुद्ध जनप्रदर्शन गरिएको पार्टीका जिल्ला अध्यक्ष नरेश नेम्वाङले बताए । उनले गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम विरुद्ध एक हुन आव्हानह गर्दै सजपाले विरोेध प्रदर्शन गरेको बताए ।
नेम्बाङले संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक हुन समेत उनले आग्रह गरेका छन् ।