ओखलढुंगा, ५ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अल्पसंख्यक तर्फबाट ओखलढुंगाका नेता प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । आज भएको मतगणनामा २ हजार १ सय ७१ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका प्रतिष्पर्धी टीकाराम लेप्चाले १ हजार २३ मत ल्याएका छन् ।
केन्द्रीय सदस्य अल्पसंख्यकतर्फ ५ जना नेताको उम्मेदवारी थियो ।