ओखलढुंगा । ओखलढुंगा निर्वाचन क्षेत्र क का प्रत्यक्षतर्फका प्रदेशसभा सदस्य उम्मेदवार प्रदीपकुमार सुनुवार र सोही क्षेत्रका समानुपातिक उम्मेदवार पेमानिमा शेर्पाले 'भ्रामक' विज्ञप्तिको खण्डन गरेका छन् । नेपाल शेर्पा संघबाट पेम्बा शेर्पाको नाममा प्रकाशित विज्ञप्तिलाई लिएर उनीहरुले खण्डन गरेका हुन् ।
आज एक विज्ञप्ति सार्वजनिक गर्दै दुवै उम्मेदवारले निर्वाचनको सम्मुखमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विज्ञप्ति नियतवश कुनै उम्मेदवारलाई जिताउनलाई गरिएकोमा भर्त्सना गरिएको छ ।
नेपाल शेर्पा संघ ओखलढुंगाको नामबाट जारी उक्त विज्ञप्ति समुदायबीच भइरहेको सामाजिक सद्भाव, भाइचाराविरुद्ध रहेको दुवै उम्मेदवारले बताएका छन् ।
उम्मेदवार सुनुवारले बाल्यकालदेखि नै शेर्पा समुदायको सामाजिक परम्परा संस्कृतिको संरक्षण र सम्बर्द्धनमा निरन्तर लागिरहेको व्यहोरा विज्ञप्तिमा खुलाएका छन् । मुलुकभरिका शेर्पा समुदायको प्रतिनिधित्व गराउने गरी नेपाली कांग्रेस ओखलढुंगा तथा मेरो पहलमा नेपाली कांग्रेसले ओखलढुंगामा पेमानिमा शेर्पालाई प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फ उम्मेदवार बनाएको पनि सबैमा अवगत रहेको विज्ञप्तिमा जनाइएको छ ।

.jpg)