ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की ओखलढुंगा आउनुहुने भएको छ । आधादर्जनजति कार्यक्रम लिएर उहाँ ओखलढुंगा आउनु हुने भएको हो ।
चैत ५ गते रुम्जाटारको यातायात व्यवस्था कार्यालयको आयोजनामा हुने सवारी चालक अनुमति पत्रको ट्रायल उद्घाटन गर्ने मुख्यमन्त्रीको कार्यक्रम रहेको छ । यस्तै शहरी विकास तथा भवन कार्यालयको भवन उद्घाटन, पार्क शिलान्यासलगायतका कार्यक्रम समेत आयोजना गरिएको छ ।