ओखलढुंगा, २३ जेठ । कोभिड १९ का बिरामीलाई मनोसामाजिक परामर्श दिने उद्देश्यले मेची महाकाली अभियान थालिएको छ । चिकित्सक, अभिनेता र सामाजिक अभियन्ता संलग्न टोलीले मेची महाकाली अभियान शुरु गरेका हुन् ।
काठमाडौंमा कोभिडका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा शुरु गरेर लोकप्रियता कमाएका यी अभियन्ताले मनोसामाजिक परामर्श अभियान थालेका हुन् । अभियान प्रदेश १ को ओखलढुंगा जिल्लाबाट आईतबार शुरु भएको छ । अभियानमा डा. सुवास घिमिरे, अभिनेता निखिल उप्रेती, सामाजिक अभियन्ताहरु कर्णबहादुर शाही, शोभा गुरुङ, दिनेश मगरलगायत छन् । ‘यो अभियान कसैलाई कोभिडको कारण समस्या भएको छ भने हामी त्यहा“ सहयोग गर्छौ“ भनेर शुरु गरेका हौ“ ।’ अभियन्ता डा. सुवास घिमिरेले भने, ‘त्यसैलाई परिष्कृत गर्दै मनोसामाजिक परामर्श दिने उद्देश्यले मेची महाकाली अभियानमा निस्केका हौ“ ।’
यसअभियानमा जिल्लाका स्वास्थ्यकर्मी, सामाजिक अगुवा, संक्रमित सबैक्षेत्रका समूहलाई स्वास्थ्य मापदण्ड पालना गरि मनोबल उच्च बनाउने किसिमको परामर्श दिने उनीहरुको लक्ष्य छ । ‘कोभिडको कारण देखाएर सामाजिक दुरी यति कायम हुन थालिसक्यो कि अब यसले भावनाको दुरी पनि टाढा नबनाउन् भन्ने हो ।’ अभियानका अभियन्ता निखिल उप्रेतीले भने, ‘यति पनि परपर नहुनुस कि स“धै पर हुनु नपरोस् । आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो । त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटि बढ्छ ।’
यस अभियानमा संस्थागत रुपमाले ओम समाज डेन्टल अस्पताल, निशुल्क एम्बुलेन्स तथा निशुल्क प्राथमिक स्वास्थ्य सेवा समूश र बिगुटार राँगादीप जन्तरखानी (बिराज) समाज संयुक्त रुपमा जुटेका छन् । ओखलढुंगाबाट शुरु भएको अभियान सबै प्रदेशको सबै जिल्ला पुग्ने लक्ष्यका साथ अघि बढेको बिराज समाजका सल्लाहकार समेत रहेका अभियानमा संलग्न दिनेश मगरले बताए ।