ओखलढुंगा, १२ पुस । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोमबार सिद्धिचरण नगरपालिका ११ र १२ अन्तर्गतका बजार क्षेत्रको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकालको संयोजकत्वमा यस क्षेत्रका प्रमुख बजार क्षेत्र मिलनचोक, रमाईलो डाँडा र जिसस क्षेत्रका हार्डवयर पसल तथा ओैषधि पसल अनुगमन गरेको हो ।
उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा प्रदेश बजार अनुगमन नियमावली २०७६ बमोजिम बजारक्षेत्रको अनुगमन गरेको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । ११ र १२ नं. वडाका बजार क्षेत्रका ४ वटा हार्डवयर पसल र २ वटा ओैषधि पसल तथा क्लिनिक अनुगमन गरिएको हो । अनुगनको क्रममा अधिकाशं पसल व्यवसायमा क्रमिक सुधार भई व्यवसाय दर्ता, नविकरण मूल्यसूचि टाँस लगायतका मापदण्ड पालना गरेको पाईए पनि अझ सुधार आउनुपर्ने सहायक प्रजिअ ढकालले बताईन् ।
आ-आफ्नो व्यापार व्यवसाय गर्ने क्रममा क्रमिक सुधार आएपनि स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएकोले स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिईएको बताईन् । "अझैपनि विश्वमा कोभिड १९ ओमिक्रोनको संक्रमण बढेकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो व्यवसाय संचालनगर्न सुझाएकी हुँ ।" सहायक प्रजिअ ढकालले भनिन् ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकालको प्रतिनिधित्वमा जनस्वास्थ्य कार्यालय रुम्जाटारका कार्यालय प्रतिनिधि, नगरपालीकाका प्रतिनिधि, घरेलु कार्यालयका कार्यालय प्रमुख, ओखलढुंगा प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ ओखलढुंगाका प्रतिनिधि रहेका थिए ।