ओखलढुंगा, ३ माघ । मानेभञ्ज्याङ गाउँपालिकाले गाउँपालिकाभित्रका एकल तथा जेष्ठ महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा किन्न आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष सविता राई टोलटोलमै पुगेर न्यानो कपडा वितरण गरेकी हुन् । गाउँपालिकाभित्रका ५ सय ३० जना एकल तथा जेष्ठ महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको उपाध्यक्ष राईले बताइन् ।