ओखलढुंगामा । ओखलढुंगामा प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार कांग्रेसभन्दा एमालेले १ हजार २ सय ४६ मत बढी ल्याएको छ ।
एमालेले २५ हजार २ सय ४५ मत र कांग्रेसले २३ हजार ९ सय ९९ मत ल्याएको छ । माओवादी केन्द्रले ७ हजार १ सय ७२, राष्ट्रिय स्वातन्त्र पार्टीले २ हजार ४ सय १८, जनता समाजवादी पार्टीले १ हजार ४ सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ६८ र एकीकृत समाजवादीले ४ सय ३० मत ल्याएका छन् ।
यससँगै ओखलढुंगामा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्य पार्टीको मत परिणाम पनि हेर्नुहोस्
