ओखलढुंगा । स्वास्थ्य कार्यालय रुम्जाटारका सवारी चालक युवराज कोइराला सम्मानित भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सम्मानित गरेको हो ।
आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले सरुवा भएर जाँदाजाँदै सम्मान गरेका हुन् । उनलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा योगदानको मूल्यांकन गर्दै सम्मानित गरिएको प्रशासन कार्यालयले जनाएको छ ।