ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौँ जाँदै गरेको बस सिन्धुलीको फिक्कल ४ कुइभीरमा दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मध्यपहाडी राजमार्गमा भएको उक्त दुर्घटनामा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोकिँदा पाँच जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ ।
थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । दुर्घट्नास्थलमा प्रहरी गाँउपालिकाका जनप्रतिनिधि तथा स्थानिय पुगेको स्थानी गौरब कार्कीले जानकारी दिएको सिन्धुलीस्थित पत्रकार अनिल भण्डारीले बताउनुभयो ।
दुर्घटनामा घाइतेबारे यकिन भइसककेको छैन । फेसबुकमा सार्वजनिक तस्बिरहरुमा ठूलो संख्यामा घाइते भएको देखिन्छ ।