ओखलढुंगा । जिल्लाको रुम्जाटारबाट आज विहान काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कलमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । दर्जनबढी घाइते भएका छन् ।
उक्त बसमा रुम्जाटारबाट १३ यात्रु चढेका थिए । हिमाल तराइ काउन्टरबाट ती यात्रु चढेको काउन्टरका प्रतिनिधि भक्तबहादुर भुजेलले जानकारी दिनुभयो ।
'रुम्जाटार सानीटारलगायतका ठाउँका १३ जना बसमा चढेका थिए' भुजेलले भने ।
उक्त काउन्टरसँग यात्रुको कुनै तथ्यांक छैन ।
यस्तै ओखलढुंगा सदरमुकामको रमाइलोडाँडास्थित सुन्दर सगरमाथा यातायात काउन्टरबाट ३ जना यात्रु उक्त बसमा चढेका थिए । सबैतिरबाट गरेर २२/२४ जना यात्रु उक्त बसमा ओखलढुंगाका रहेको यातायात व्यवसायीको अनुमान रहेको छ ।
बस दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।