ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रशासकीय भवन समयमै निर्माण सम्पन्न भएको छ । २०७८ असोजमा निर्माण थालिएको भवनको काम हालै सम्पन्न भएको हो ।
सिद्धिचरण नगरपालिकामार्फत जगदम्बा काली जेभीले भ्याटसहित २ करोड ५८ लाख ८ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का लिएको थियो । ठेक्काको समयसीमाभित्रै काम सकिएको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताउनुभयो ।
यससँगै सिद्धिचरण नगरपालिका स्थायी प्रशासकीय भवन निर्माण गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।