ओखलढुंगा । राष्ट्रिय जनगणना २०७८ को पूर्ण तथ्यांक सार्वजनिक भएको छ । जसमा ओखलढुंगाको जनसंख्या १ लाख ३९ हजार ५ सय ५२ कायम भएको छ ।
यसअघि प्रारम्भिक प्रतिवेदनमा १ लाख ४० हजार ९ सय १४ सार्वजनिक भएको थियो । तथ्यांक विभागले सार्वजनिक गरेको पूर्ण प्रतिवेदनमा तथ्यांक घटेको हो ।
तथ्यांक अनुसार जिल्लामा महिलाको हिस्सा ५१ दशमलब २ प्रतिशत रहेको छ । यस्तै पुरुष ४८ दशमलब ८ प्रतिशत रहेको देखिएको छ ।
जिल्लाको जनसंख्या शून्य दशमलब ५६ प्रतिशतले घटेको छ ।