ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले श्रमदान अभियान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष नवराज केसीले आजबाट श्रमदान अभियान सुरुवात गर्नुभएको हो ।
चम्पादेवीका हरेक वडामा प्रत्येक महिनाको ११ गते एक दिन स्थानीयस्तरका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गर्ने र श्रम संस्कृतिको विकास गर्ने योजना अनुरुप आजबाट श्रमदान अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो । अध्यक्ष केसीले नेतृत्व गरेको श्रमदान समूहले नवलपुर-ककनी सडकको मक्कखोला सडकखण्डमा सोलिङ गरेको थियो ।
उक्त अभियानमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख सरोज थापा, लेखापाल बैकुण्ठ कार्कीलगायतको सहभागिता रहेको थियो । श्रमदान अभियानको पहिलो दिन आज चार दर्जन बढी सहभागी भएका थिए ।