ओखलढुंगा । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिति ओखलढुंगाले गणतन्त्र दिवसको अवसर पारेर विरामीहरुलाई फलफूल वितरण गरेको छ । आज विहान ओखलढुंगा सामुदायिक अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
संगठनले अस्पतालमा भर्ना भएर उपचाररत ६० जना विरामीहरुलाई पोषिलो फलफूल वितरण गरिएको संगठनका सचिव नेत्र बाँस्तोलाले जानकारी दिनुभयो। राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र स्थापना भएको खुसीयालीमा सामाजिक सेवाभावले फलफूल वितरण गरिएको सगठनका अध्यक्ष सन्तोष आचार्यले बताउनुभयो । फलफूल वितरणमा संगठनमा आबद्ध कर्मचारीहरु सहभागी थिए ।