ओखलढुंगा, १२ पुस । जिल्लाको मोलुङ गाउँपालिकामा माघे संक्रान्तिको अवसरमा मोलुङ गाउँपालिका अन्तर वडास्तरीय लोकगीत प्रतियोगिता हुने भएको छ । मोलुङ स्टार युवा क्लबले सो प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगिता आउँदो माई १ गते रामपुरस्थित सहिद पार्कमा हुने भएको आयोजकले जनाएको छ । विहान ९ बजेदेखि सुरु हुने सो प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार राशि उपलब्ध गराइने छ । साथमा आयोजकले प्रमाणपत्रको समेत व्यवस्था गरेको छ ।
मौलिक संस्कृति झल्कने गरी गीत प्रस्तुत गर्नुपर्ने आयोजकले नियम बनाइएको क्लबका सचिव गोपाल नेपालले जानकारी दिए ।