ओखलढुंगा । महिलाहरुले नाच्ने नाचका रुपमा चिनिएको संगीनी नाच ओखलढुंगाको गाउँघरबाट हराउँदै गएको छ । चाँडबाँड तथा मेलापर्वमा गीत गाउँदै गीतकै लयमा गोलो घेरामा घुम्दै, ताली बजाउँदै नाचिने संगीनी नाच लोप हुने अवस्थामा पुगेको हो ।
प्रविधिको विकाससँगै यो नाच आजभोलि संकटमा परेको छ । यहाँका गाउँघरका सीमित महिलाले मात्रै संगीनी नाच नाच्दै आएका छन् । परम्परागत नाचका रुपमा चिनिएको संगीनी नाच जिल्लाका सबै क्षेत्रमा परिचित छ । आजभोलि तीज र वाम्बुले राईहरुले मनाउने ढ्वाङ्कुम पर्वमा संगीनी नाच नाचेको देख्न पाइन्छ । संगीनी नाचसँगै जिल्लामा बालन, मारुनीलगायतका नाच पनि हराउँदै गएका छन् ।
ग्रामीण पहिचान र सभ्यता झल्काउने यस्ता मौलिक संस्कार संस्कृति हराउँदै गएकोमा पाका पुस्ताहरु भने चिन्तित छन् ।