ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, साउन ५ । ओखलढुंगाका नेवारी समुदायले श्रावण कृष्ण चतुर्दशीदेखि निकाल्दै आएको लाखेजात्रा यसवर्ष कोरोनाका कारण प्रभावित बनेको छ । हरेकवर्ष धुमधामसँग ओखलढुंगा सदरमुकाममा लाखेजात्रा निकालिँदै आएको भएपनि कोरोनाले लाखेजात्रालाई प्रभावित बनाएको हो ।
लाखेजात्रा स्थानीय जनहित गुठी र पारस्पारिक सेवा अनुष्ठान गुठीले सदरमुकाम क्षेत्रमा निकाल्ने गरेका थिए । यो जात्रामा लाखे नाच निकालेर बुधबार, शनिबार र विभिन्न चाडपर्वको अवसर पारेर ओखलढुंगा सदरमुकाम परिक्रमा गरिँदै आएको थियो । यसवर्ष कोरोनाका कारण जात्रा प्रभावित भएको जनहित गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले बताए । कोरोनाले गर्दा स्वास्थ्यका मापदण्ड अपनाएर र सामाजिक दूरी कायम गरेर गाईजात्रा समेत नगर परिक्रमा नगरी घरैमा मनाउने तयारी भइरहेको उनको भनाई छ ।
कोरोनाका कारण मान्छे जम्मा नहुन् भनेर आइतबार राति संस्कृति बचाउने हिसाबले मात्रै श्रावण कृष्ण चतुर्दशीको अवसरमा लाखेजात्रा लाखेजात्रा निकालिएको राजभण्डारीले बताए । यहाँका नेवारी समुदायमा लाखे जात्रासँगै गाईजात्रा, रोपाइँजात्रा, रामायणलगायतका चाड मनाउँदै भाद्र कृष्ण अष्ठमीमा समापन गर्ने चलन छ ।