ओखलढुंगा । कम्प्युटर एशाेसियसन नेपाल महासंघ ओखलढुंगाकाे अध्यक्षमा राजेन्द्र कुमार राई निर्बाचित भएका छन् । महासंघकाे मंसिर १९ गते भएकाे दाेश्राे अधिबेशनले राई लाई दाेश्राे पटक पनि सर्वसहमत निर्बिराेध निर्बाचित भएका हुन् ।
राईकाे अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएकाे छ । उपाध्यक्षमा हर्क बहादुर राई, सचिब शिव कुमार श्रेष्ठ, सह सचिव भिव कुमारी श्रेष्ठ, काेषाध्यक्ष धनकाजी श्रेष्ठ, सदस्य लुकाहरी बास्ताेला लगायत रहेका छन् । अधिबेशनमा गत वर्षकाे आर्थिक तथा कार्य प्रगति प्रतिवेन प्रस्तुत गर्दै निर्बाचन प्रक्रिया समापन गरेकाे संघका सचिव शिव कुमार श्रेष्ठले बताए ।
त्यसै गरि आगमी दिनमा महासंघले सम्बन्धित निकायहरु संग समन्वयगरि अझ बढि कार्यक्रम संचालनगरि सराेकारवालाहरुलाई सेवा दिने अध्यक्ष राईले बताए । गत वर्ष पनि संघले अन्य तालिम संग संगै विद्यालयका शिक्षकहरुराई कम्युटर सम्वन्धि पाँच दिने Tot Training दिईएकाे बताए । अधिवेशनकाे अन्तमा निर्वाचन अधिकृत गुरु वहादुर बस्नेतले नव निर्वाचित पदाधिकारी हरुलाई सपथ ग्रहन गराउँदै प्रमाण-पत्र बितरण गरेका थिए ।