ओखलढुंगा । जिल्ला सदरमुकाममा रहेको ओखलढुंगा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो ।
स्ववियु निर्माचनको कार्यतालिका अनुसार कार्यप्रक्रिया अगाडि बढ्न नसेकाका कारण कार्यतालिका प्रभावित भएकाले निर्माचन स्थगित भएको सूचनामा भनिएको छ । सूचनामा क्याम्पस व्यवस्थापन समितिको निर्णय. शिक्षक स्टाफको निर्णय तथा निर्वाचन समितिको मिति २०७९ फागुन २९ गतेको निर्णय अनुसार विद्यार्थी संगठनहरुबीच सहमति भएपछि मात्र आगामी मिति र समयमा कार्यतालिका प्रकाशन गर्नेगरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको जनाइएको छ ।
सूचना स्ववियु निर्वाचन समितिका निर्माण अधिकृत तोयानाथ काफ्लेले जारी गर्नुभएको हो ।