ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । भारतीय पक्षले नेपाली भूमिमा मिचेको र नेपाली भूमिमा सडक बनाएको विषयलाई लिएर नेपाल विद्यार्थी संघ ओखलढुंगाले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघले आज जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत नेपाल सरकारलाई सार्वभौमसत्ता राष्ट्रमाथि अन्य मुलुकद्वारा कुनैपनि क्षेत्रमा गरिने हस्तक्षेप देशका नागरिकहरुलाई सह्य नहुने भन्दै ज्ञापनपत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई बुझाइएको ज्ञापनपत्रमा भारत सरकारले चिनको मानसरोबरसम्म पुग्ने सडक निमार्ण गर्ने वहानामा नेपाली भू भाग लिपुलेक हुँदै सडक निर्माण कार्य अघि बढाएको समाचारले दुखी बनाएको र सो कार्य रोक्न अपिल गरिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्शामा राखी प्रकाशित गर्नु र अहिले उक्त भू भागमा भारतीय पक्षले सडक निर्माण गर्नु खेदजनक कार्य भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेविसंघ ओखलढुंगाका अध्यक्ष रोशन महतराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आफ्नो सीमा मिचिँदा पनि थाहा नपाएझैँ गरी बस्ने बर्तमान सरकार र आफ्नो मातृभूमि छिमेकीले मिच्दा समेत बेखबर भएजस्तो बहाना गर्नुमा कही कतै नेपाल सरकारकै सहयोग र समर्थन त छैन ? भन्ने जिज्ञासा जनमानसमा परिरहेको भनिएको छ ।
सरकारको यस्तो प्रकारको लाचार शैलीप्रति खेद प्रकट गर्दै देशको सीमा रक्षाको निम्ति भारत सरकारको यस्तो गतिविधि तुरुन्त रोक लगाउन उच्चस्तरीय कुटनीतिक पहल गरी समस्याको समाधान गर्न माग गरिएको छ ।
ज्ञापनपत्र नेविसंघका सचिव योगेश तामाङ, कोषाध्यक्ष भुवन दाहाललगायतको सहभागितामा बुझाइएको थियो ।