ओखलढुंगा । सामसुङ ब्रान्डका तीनवटा नयाँ मोडलका मोवाइल ओखलढुंगा, सोलुखुम्बु र खोटाङका बजारमा भित्रिएको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका लागि सामसुङको आधिकारिक बिक्रेता नियुक्ति इलेक्ट्रोनिक्स सेन्टरले सामसुङका एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा तीन वटा मोडलका मोवाइल सेट भित्र्याएको हो ।
सामसुङको एस २१ अल्ट्राको बजार मुल्य १ लाख ५४ हजार ९९९ रहेको छ । सो मोडलमा १२/२५६ जिवी मेमोरी रहनुका साथै पाँच हजार एमएच ब्याट्री पावर छ । फोनको १०८ र फ्रन्ट क्यामेरामा ४० मेघापिक्सल क्यामेरा छ । यस सेटमा अन्य सेट भन्दा एसपेन सर्पोट गर्ने र १०० टाइम जुम गर्न मिल्ने प्रविधि जोडिएको बताइएको छ ।
एस २१ प्लस फोन सेटको बजार मुल्य १ लाख २९ हजार ९९९ छ । उक्त सेटमा ८/२५६ जिवी मेमोरी रहनुका साथै ६४ र फ्रन्ट क्यामेरा १० डोयल पिक्चल क्यामेरा रहेको छ । त्यस्तै, एस २१ मोवाइल सेटको मुल्य भने १ लाख ९ हजार ९९९ रहेको छ । उक्त सेटमा ८/२५६ जिवी मेमोरी रहनुका साथै ६४ र १० डोयल पिक्चल क्यामेरा छ ।
यी तीनवटै सेट ओखलढुंगा, सोलुखुम्बु र खोटाङका बजारमा उपलब्ध रहेको नियुक्ति इलेक्ट्रोनिक्स सेन्टर सेन्टरका प्रोपाइटर युपेश श्रेष्ठले जानकारी दिए । सामुङले यी मोडलका मोबाइलहरु देशभर एकैसाथ सार्वजानिक गरेको छ ।


