ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
बन्दाबन्दीमा मुहान संरक्षण गर्ने कि ! भन्ने ओखलढुंगाखबरडटकममा प्रकाशति एउटा लेखले मेरो ध्यान तान्यो । लेखकले लकडाउनको बेला युवाहरुमा गाउँमा भेला भएका छन। खानेपानि हाहाकार भएको क्षेत्रका समुदायले यहि मौँका छोपेर पानिको स्रोतहरु संरक्षण गर्न सके चासो राख्न सके राम्रो हुने थियो भन्ने कुरामा म सहमत छु।
मेरो गाउँचाहि मानेभञ्ज्याङग गाउँपालिका वडा नं ३ साबिक उँबु ८ सिम्मकाकु पर्छ । हाम्रो एक टोलमा करीब ३०/३२ घरधुरी छौँ । हामीलाई खानेपानिको चरम अभाब छ । गाईवस्तुले खाएको गोबर पानी संकलन गर्दै फिल्टर गरेर खाने गरेका छौँ । त्यो नि हिँउदमा धेरै हम्मे हम्मे छ। लकडाउन भित्र मात्र नभएर हामीले खाने पानीको काम निरन्तर गर्दै छौँ ।
साहस नेपालको सहयोगमा करीब २० लाख जतिको योजना २०७१ मा सम्पन्न गरेर केहि समय पानी सञ्चालन पनि गर्यौँ । तर २०७२ सालको भुकम्पले मुहान सुकाई दियो । त्यस लगतै अस्थाई रुपमा मुहान सार्न खोज्दा अर्को टोलको उपभोक्ताहरुले हाम्रो मुहान काटिन्छ भनेर दिन मानेनन् । कानुनी रुपमा नि सोधि खोजि गर्यौँ । अरुको मुहानमाथि देखि कति मिटर दुरी रह्यो भने खानेपानी लान पाइन्छ त भन्दा १०० मिटर भन्दा माथि भयो भने पाउँछ भन्ने कुरा आयो । यो कुरा वडाध्यक्षलाई सहजकर्ताको भुमिका खेली दिनु अर्को वडा र हाम्रो वडाको बैठक बसेर छलफल गराई दिनु भनेर आग्रह गर्दा उनीहरुको बहुमत छ, बरु सिफारिस दिन्छु पालिकाबाट केहि बजेट ल्याएर मुहान फेर्नु भन्ने कुरा गर्नु भयो । अब उहाँले नमाने पछि मुहान फेर्नमा नै हामीलाई सकस पर्यो । हाम्रो काम यो लकडाउनभित्र पनि हुँदै छ ।
करीब ३५ सय मिटर गाडेको पाईप निकालेर पुन अर्को मुहान थापेर पानी सञ्चालन गर्ने सम्म हामी पुग्यौँ । तर ५/६ घर उपभोक्ता यो योजनाले भेट्न सकेको छैन । अर्को तिर यो पनि अस्थाई नै छ । २०७५/७६ को वडा परिषदमा निवेदन पनि गरेका थियौँ । हाम्रो निवेदन वडादेखि पालिका गयो तर सम्बोधन हुन सकेना ।
लेखकले जसरी एउटा खाली समयमा गाउँ भेला भएका युवाहरुले गर्नै पर्ने कामको बारे कलम उठाएर आवज दिनु भयो । यो आम युवाको कर्तब्य भित्र नि पर्दछ । तर युवाले गर्छु भनेर मात्र कतिपय ठाउँमा नहुने रहेछ हाम्रो केसमा त्यहि भएको कारण वडा पालिकाले यस्तो नैसर्गिक अधिकार भित्र पर्ने कुराहरुलाई गम्भिर रुपमा लिएर जनताको खाना पाउने बाँच्न पाउने अधिकारलाई पहिलो मुद्दा बनाउन जरुरी देखेँ । जुन लेखकले पनि कुन कुन ठाउँमा कसरी यो अभावबाट मुक्त हुन के गर्न सकिन्छ भनेर वडाअध्यक्षहरुलाई सुझाब सहित लेख लेख्नु भएको छ । यो सबैले अनुसरण गर्ने पर्ने कुरामा दुईमत छैन।
-मानेभञ्ज्याङ गाउँपालिका ३, उँबू, ओखलढुंगा