ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नं ६ को श्रीचौरमा यही माघ २८ गतेदेखि ४ दिनसम्म पुरुष भलिबल खुला वडास्तरीय प्रतियोगिता हुने भएको छ । प्रतियोगिता समाजसेवा युवा क्लबले ल्होसार पर्वको अवसरमा आयोजना गर्न लागेको हो ।
सो प्रतियोगितामा प्रथम हुने टीमलाई ३० हजार, द्वितीय हुने टीमलाई २० हजार रुपैयाँ र तृतीय हुने टीमलाई १५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । सो प्रतियोगिताका उत्कृष्ट सटर र डिफेन्डरलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलमा सहभागिता जनाउने टीमलाई टीम दर्ता शुल्क १ हजार ५ सय ५० रुपैयाँ व्यवस्था गरिएको छ । सो प्रतियोगिताको खेल संयोजक रुपमा मोहन तामाङलाई जिम्मेवारी तोकिएको छ । प्रतियोगिताको फागुन १ गते हुने समापन कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरूङको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।