ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक खिलानाथ दाहालले नेकपाका दुवै अध्यक्ष भ्रष्टाचारमा निर्लिप्त भएको बताएका छन् । ओखलढुंगा कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा बोल्दै नेता दाहालले मिलेमतोमै केपी ओली सरकार र नेकपाले भ्रष्टाचारलाई वढावा दिएको र भ्रष्टाचारीलाई जोगाउने काम गरेको बताए ।
'पुष्पकमल दाहाल प्रचण्डले नै वर्तमान सरकारले भ्रष्टाचारलाई वढावा दिएको छ, केपी ओली भ्रष्टाचारी हुन् भनेर आरोपपत्रमा भनेका छन्,' नेता दाहालले भने, 'केपी ओलीले पनि प्रचण्डलाई दमन गरेको र गुटबन्दी गरेर पार्टीलाई बिगारिरहेको छस् भनेका छन् । तर दुवैजना दमनकारी हुन् । भ्रष्टाचारमा निर्लिप्त छन्, कुशासनमा निर्लिप्त छन् ।'
उनले कोरोनाको नाममा करोडौँ भ्रष्टाचार भइरहेको बताए । प्रिन्टिङ प्रेसका नाममा भ्रष्टाचार भएको र त्यसमा सञ्चारमन्त्रीले नै राजनीनामा दिएको तर अझै सरकारले छानबिन नगरेको बताए । वाइडबडी काण्ड, यती काण्डलगायतमा समेत सरकार जोडिएर भ्रष्टाचार भएको उनले बताए । उनले बर्तमान सरकारबाटै भ्रष्टाचारीलाई जोगाउने काम भइरहेको बताए ।
ट्रान्सपरेन्सी इन्टरनेश्नलको हालैको प्रतिवेदनले समेत नेपाल एशियामै १ नम्बर भ्रष्टाचार हुने देशमा परेको कुरा दाहालले उल्लेख गरे । साथै उक्त प्रतिवेदनको सार्वजनिक हुँदा सरकार दमनमा उत्रिएको उनले बताए ।
नेता दाहालले कोरोनाको नाममा भइरहेको भ्रष्टाचारको कारण जनताको अधिकार हनन् भएको बताए । उनले वर्तमान सरकारले अरबौँ भ्रष्टाचार गरेका कारण कोरोना महामारीमा समेत सरकार राहत दिन चुकेको कुरा बताए । 'भोलिको दिनमा कोरोनाको खोप चाहिने अवस्था छ, जनतालाई हामी निशुल्क वितरण हुनपर्छ भनिरहेका छौँ,' नेता दाहालले भने, 'तर सरकारको कार्यशैलीका कारण नेपालमा खोप नै आउँछ कि आउँदैन भन्ने अवस्था छ ।'