ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, माघ ३ । ओखलढुंगा कांग्रेसले गाउँ केन्द्रित विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीद्वारा भएको प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेसले आज गाउँ केन्द्रित प्रदर्शन गरेको हो ।
कांग्रेसले आज पालिकास्तरीय विरोध सभा गरेको छ । खिजिदेम्बा गाउँपालिकाको विरोध सभा तथा प्रदर्शनमा पार्टी सभापति प्रदीपकुमार सुनुवार, नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक खिलानाथ दाहाल, नेता रामहरि खतिवडालगायतले सम्बोधन गरेका छन् । चिशंखुगढी गाउँपालिकामा पार्टी उपसभापति तेजेन्द्र खनालले सम्बोधन गरेका थिए ।
मोलुङको रामपुरमा भएको विरोध सभा तथा प्रदर्शनलाई नेता बालकृष्ण दाहालले नेतृत्व गरेका थिए । यस्तै सिद्धिचरण नगरपालिकामा महासमिति सदस्य डिल्लीराम खनालले सम्बोधन गरेका छन् ।