ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको नेपाली कांग्रेस मोलुङ गाउँपालिका वडा नं ४ गाउँ कार्य समिति बेथिति, विसंगति र भ्रष्टाचारविरूद्ध उभिएको छ । समितिले वडाभित्रका ३ वटा छुट्टाछुट्टै सार्वजनिक कार्यालयसँग सूचना माग गरेको छ ।
समितिले मोलुङ गाउँपालिका ४ नं वडा कार्यालय, जलजलेश्वर वेद विद्याश्रम माध्यमिक विद्यालय र जीवन प्रदीप माविमा छुट्टाछुट्टै रुपमा सूचना माग गरेको हो । समितिले बेथिति, विसंगति र भ्रष्टाचारका विषयहरु खोजतलास गरी जनतासामु उजागर गर्न सूचना माग गरेको जनाएको छ ।
मोलुङ गाउँपालिका ४ नं वडा कार्यालयसँग स्थानीय निर्वाचन भएयतामा वडा कार्यालयले सञ्चालन गरेको योजना, बजेटको खर्च विवरण, योजनाहरुको प्रगति विवरणसहितका विवरणहरु माग गरिएको छ । यस्तै जीवन प्रदीप मावि र जलजलेश्वर वेद विद्याश्रमसँग आर्थिक हिसाबकिताव नदेखिएको, खर्च पारदर्शी ढंगले नहुने गरेको जनगुनासो आएको भन्दै लेखापरिक्षण रिपोर्ट, दाताहरुबाट विद्यालयलाई प्राप्त सहयोगको हिसाब किताबलगायत माग गरिएको वडा सभापति भोलाराज राईले जानकारी दिए ।