ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति तेजेन्द्र खनालले केपी ओली संविधान र संघीयता खारेज गर्न लागिपरेको बताएका छन् । कांग्रेसको भातृसंगठनले आज ओखलढुंगा सदरमुकाममा आयोजना गरेको मोटरसाइकल र्यालीपश्चातको कोणसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
गोरुमारेभञ्ज्याङमा भएको कोणसभालाई सम्बोधन गर्दै खनालले ओलीले राजावादीहरुलाई च्यापेर अगाडि बढिरहेको बताए । 'केपी ओलीको राजा आउ देश बचाउ भन्ने तत्वहरुसँग साँठगाँठ छ भन्ने बुझिएको छ,' उनले भने ।
कम्युनिष्ट सरकारले जनताले दिएको जनमतको अवज्ञा गरेको समेत नेता खनालले बताए । देशमा स्थायित्व, शान्ति, समृद्धि होस् भन्ने कांग्रेसको हेतु भएपनि त्यसो नभएर कम्युनिष्टहरु आफू आफूमा लडाइँ र झगडा गरिरहेको उनको भनाइ छ ।
कांग्रेसका भातृ संगठनले निकालेको मोटरसाइकल र्याली रामबजारबाट ओखलढुंगा सदरमुकाम परिक्रमा गर्दै गोरुमारेभञ्ज्याङमा टुंगिएको थियो । र्यालीको संयोजन तथा अध्यक्षता नेपाल दलित संघका जिल्ला सभापति होमबहादुर विश्वकर्माले गरेका थिए । कोणसभामा कांग्रेस जिल्ला कार्य समिति सदस्य प्रदीप बानियाँ, नेपाल तरुण दलका सचिव जीवन शर्मा, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, आदिवासी जनजाति संघका अध्यक्ष पुस्ताराम राईलगायतले धारणा राखेका थिए ।