ओखलढुंगा, १६ पुस । अत्यधिक मतसहित नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी भएपछि गृहजिल्ला ओखलढुंगा आइपुगेका नेता प्रदीपकुमार सुनुवारले बलबहादुर राईको सालिकमा माल्यार्पण गरेका छन् । उनी गोरूमारेभञ्ज्याङस्थित रहेको प्रजातान्त्रिक आन्दोलनका सेनानी राईको सालिकमा माल्यार्पण गरेर अन्य कार्यक्रममा सहभागी भएका थिए ।
नेता सुनुवारसँगै दर्जन बढी नेता तथा कार्यकर्ताहरु सहभागी थिए । बलबहादुर राईले जिल्लाको विकासमा गरेको योगदानको प्रशंसा गर्दै केन्द्रीय सदस्य सुनुवारले उनले देखाएको बाटोमा सबैले हिँड्नुपर्ने धारणा राखेका थिए ।