ओखलढुंगा, १२ वैशाख । स्थानीय निर्वाचनका लागि ओखलढुंगामा आज भव्य रुपमा मनोनयन दर्ता भइरहेको छ । निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समयसीमा २ दिन छुट्याएकोमा त्यसको अवधि आज सकिँदैछ ।
जिल्लामा आज दिउँसो ४ बजेसम्म प्रमुखमा २ जना र उपप्रमुखमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा २० जना र उपाध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाअध्यक्षमा ६४ जना, महिला सदस्यमा ४८ जना, दलित महिला सदस्यमा ४५ जना र सदस्यमा १ सय ६ जना गरी ३ सय ३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आफ्नो प्रणालीमा प्रविष्ट भएको आधारमा तथ्यांक सार्वजनिक गरेको हो ।