ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादीबाट गम्बु शेर्पा विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसबाट सुशीला तामाङ विजयी भएकी छिन् ।
शेर्पाले २ हजार ८ सय ८२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रबहादुर बस्नेतले २ हजार ७ सय ५२ मत ल्याए । यस्तै उपाध्यक्षमा तामाङले २ हजार ८ सय २४ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी मानकुमारी तामाङले २ हजार २ सय ४१ मत ल्याएकी छिन् ।