ओखलढुंगा । पछिल्लो मत परिणामअनुसार सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित मेयर हुन् तेजेन्द्र खनाल । नेपाली कांग्रेसबाट उनी एमालेकी इच्छाकुमारी गुरुङलाई पछि पार्दै विजयी भए ।
निर्वाचित भएलगत्तै खुसीयालीमा कांग्रेसले आज सदरमुकाम क्षेत्रमा भव्य विजय जुलुस निकालेको छ । सोही क्रममा सदरमुकामवासीले मेयर खनाललाई पुष्पवृष्टि गर्दै स्वागत गरेको देखियो ।

सदरमुकामका क्षेत्रका बासिन्दाले उनलाई नयाँ मेयरको रुपमा फूल माला र खादाले समेत स्वागत गरे ।
