ओखलढुंगा । जिल्लाको सुनकोसी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कमल तामाङ विजयी भएका छन् । उनले एमालेका इन्द्रबहादुर खड्कालाई पछि पार्दै विजयी भएका हुन् ।
तामाङले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् । उनले ५ जार २ सय १५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले ४ हजार १ सय ८८ मत ल्याइन् ।