ओखलढुंगा । कांग्रेस माओवादी र एकीकृत समाजवादीबीच भएको गठबन्धनको चुनावी सभा लिखु गाउँपालिकाको यसममा सम्पन्न भएको छ । उक्त चुनावी सभामा जनलहर उर्लिएको छ ।
सभालाई गठबन्धनबाट ओखलढुंगाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा सदस्य उम्मेदवार बाबुराम गौतमलगायत अन्य समानुपातिक उम्मेदवार र पार्टीका नेता कार्यकर्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

नेता खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरूको जित निश्चित भएको बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवार पराजति भए केपी ओलीको अधिनायकवाद फर्किन सक्ने धारणा राख्नुभयो ।
चुनावी सभामा नेता खतिवडाले सत्तागठबन्धनका लागि मत माग्नुभयो । उहाँले विगतमा कांग्रेस हार्दा ओखलढुंगाको विकासले पनि हारेको बताउनुभयो । प्रदेशसभा सदस्य उम्मेदवार माओवादीका बाबुराम गौतम गठबन्धनको शक्तिलाई कुनैपनि शक्तिले छेक्न नसक्ने धारणा राख्नुभयो । मतदाताको उत्साहका कारण गठबन्धनको जित सुनिश्चित भएको उहाँको भनाई थियो ।
चुनावी सभामा एमाले परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।