ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका उम्मेदवारले चुनावी कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । यसै क्रममा एमालेका उम्मेदवारलाई मोलुङ ८ राँगादीपका स्थानीयले गलाभरि माला लगाइदिएर स्वागत गरेका छन् ।
स्थानीयले एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार र ओखलढुंगा क का प्रदेशसभा सदस्य उम्मेदवार अम्बिरबाबु गुरुङलगायतका नेता कार्यकर्तालाई माला लगाइदिएका हुन् ।
मंसिर ४ को निर्वाचन नजिकिएसँगै जिल्लामा एमाले उम्मेदवारहरुले दौडधूप बढाएका छन् । उनीहरुले ठूला सभा भन्दा वडा स्तरका सभा र घरदैलोलाई प्रथामिकता दिएका छन् ।