ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले स्थानीय तहस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई तीव्रता दिएको छ । पार्टी संगठन सुदृढ बनाउन कांग्रेसले स्थानीय तहस्तरीय अन्तर्क्रिया गरेको हो ।
हालसम्म जिल्लाका सिद्धिचरण नगरपालिका, चिशंखुगढी, चम्पादेवी, सुनकोसी र मोलुङ गाउँपालिकामा अन्तर्क्रिया सकिएको कांग्रेसका जिल्ला सचिव अजय लुइटेलले जानकारी दिनुभयो । अन्तर्क्रिया कार्यक्रममा कांग्रेसका नेता, अगुवा कार्यक्रर्ता र शुभेच्छुक सहभागी रहेका छन् । कांग्रेसले लिखु र खिजीदेम्बा गाउँपालिकामा पनि अन्तर्क्रिया कार्यक्रम गर्ने तयारी गरेको छ । अन्तर्क्रिया कार्यक्रमबाट आएका सुझाव अनुसार पार्टी संगठनलाई अझ मजबुत र विस्तार गर्ने योजना रहेको ओखलढुंगा कांग्रेसले जनाएको छ ।