ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नं ६ श्रीचौरमा श्रीचौर विकास युवा क्लबले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गरेको छ । १२ जना जेष्ठ नागरिकलाई सम्मान र १४ जना अपांगता भएका व्यक्तिलाई गाउँपालिका अध्यक्ष मणिराज राई र उपाध्यक्ष हेमकुमारी तामाङले ज्याकेट हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा मोलुङ १ का वडाध्यक्ष प्रदीपकुमार बानिया,५ का वडाध्यक्ष टंकनाथ दाहाल, ६ का वडाध्यक्ष रामकाजी तामाङ र ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारको समेत सहभागिता रहेको थियो । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गंगाबहादुर कार्कीको सहयोगमा ज्याकेट वितरण गरिएको क्लबका अध्यक्ष पुष्कर थापाले जानकारी दिए ।