ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
मनोज बुढाथोकी,
ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ५ पुरानो गाउँ एक महिलालाई हेलिकोप्टर मार्फत उद्दार गरिएको छ । फेदीगुठ बर्थिङ सेन्टरमा प्रसुति गराउन समस्था भएपछि स्थानीय शान्ता कार्कीलाई उद्दार गरेर काठमाडौँ लगिएको हो ।
कार्कीलाई कांग्रेस नेता रामहरि खतिवडा तथा चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसी, वडाध्यक्ष झलकमान तामाङको पहलमा काठमाडौँ लगिएको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाइ उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत नि:शुल्क उद्दार गरिएको हो ।