ओखलढुंगा, २९ पुस । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले माघ १ गतेदेखि लागु हुनेगरी १० बुँदे आदेश जारी गरेको छ । कार्यालयले २५ जनाभन्दा भेला हुन नपाउने, मेला, जात्रा, महोत्सव सञ्चालन गर्न नपाउने आदेश जारी गरेको हो ।
जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट पारित १० बुँदे आदेशमा सार्वजनिक स्थलमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।
यस्तै माघ ७ गतेदेखि कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशालालगायतमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी भएको छ । हेरौँ जारी आदेश-