ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका २ स्थित रामपुर बजारमा छाडा कुकुरको आतंक बढेको छ । छाडा कुकुरको आतंक बढेपछि वडा कार्यालयले सूचना नै जारी गरेको छ ।
वडाले घर पालुवा कुकुरलाई बाँधेर राख्न र सचेत रहन अनुरोध गरेको छ । विगत केही समययता सर्वसाधारणलाई छाडा कुकुरले टोक्ने गुनासो बढ्न थालेपछि सूचना नै निकालेर सचेत गराइएको वडाध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिनुभयो ।
छाडा कुकुर व्यवस्थापनमा पहल भइरहेको समेत कार्कीको भनाई छ ।